No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

Flash News

धनगढीबाट १७ लाख भारु सहित दुईजना पक्राउ

धनगढी । सशस्त्र प्रहरीले कैलालीको धनगढीबाट दुई युवकलाई १७ लाख भन्दाबढी भारतीय रुपैयाँसहित पक्राउ गरेको छ । उनीहरूलाई शनिबार सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३४ गण हेडक्वाटर कैलालीबाट खटिएको गस्ति टोलीले केन्द्रीय ईन्टेलिजेन्स ब्युरोको…

समाजवादी केन्द्र निर्माणबारे छिट्टै टुंगोमा पुग्छौंः प्रचण्ड

जनकपुरधाम– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नागरिकतासम्बन्धी विधेयक ल्याएर जनताको समस्या समाधान गर्न पाएकोमा आफू सन्तुष्ट रहेको बताएका छन् । शनिबार जनकपुरधाम विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले…

थाइल्याण्डका प्रधानमन्त्रीलाई विश्वासको मत प्राप्त

थाइल्यान्डका प्रधानमन्त्री प्रयुत चान–ओ–चाले विश्वासको मत पाएका छन् । शनिबार संसद्मा भएको मतदानमा उनले दुईसय ५६ मत पाएका थिए भने विपक्षमा दुईसय छ मत खसेको थियो । अविश्वासको प्रस्तावमा विपक्षी दलले प्रधानमन्त्रीसँगै निशाना बनाएका १० जना…

स्थानीय तहले अस्पताललाई सघाएपछि नागरिकले विशेषज्ञ सेवा पाउँदै

टीकापुर । कैलालीका स्थानीय तहले यहाँका अस्पतालाई विशेषज्ञ सेवा सञ्चालनमा सघाएपछि नागरिकलाई उपचार सेवा पाउन सहज भएको छ । स्थानीय तहले स्वास्थ्यलाई प्राथमिकतामा राखेर स्थानीयस्तरमा रहेका अस्पतालमा विशेषज्ञ सेवा सञ्चालनमा सघाएका हुन् ।…

अब युक्रेनमा रहेको दशौँ लाख टन अन्न निर्यात हुने

युक्रेन र रुसले किएभलाई मृतसागर हुँदै अन्न निर्यात गर्न बाटो खोल्ने एउटा सम्झौतामा हस्ताक्षर गरेका छन् । पछिल्लो सम्झौताले युद्धका कारण युक्रेनमा रहेको दशौँ लाख टन्न अन्न निर्यात गर्न बाटो खोल्ने छ । रुसले फेब्रुअरी २४ मा गरेको आक्रमणसँगै…

श्रीमानको कुटपिटबाट ताप्लेजुङमा श्रीमतीको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङमा श्रीमान्को कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ । फुङलिङ नगरपालिका–९ हाङदेवास्थित गाइगुडेका ५४ वर्षीया कान्छीमाया लिम्बूको कुटपिटबाट मृत्यु भएको हो । घरायसी सामान्य विवादका क्रममा श्रीमान् ५६ वर्षीय बलबहादुर साँवा…

अमेरिकामा एक दशकपछि पहिलो पोलियोको बिरामी भेटिएको पुष्टि

संयुक्त राज्य अमेरिकाले झन्डै एक दशकमा पहिलो पटक अमेरिकामा पोलियोको विरामी भेटिएको बिहीबार जनाएको छ । न्यूयोकको स्वास्थ्य विभागले म्यानह्याटनबाट ४८ किलोमिटर उत्तरमा रहेको रकल्याण्ड काउन्टीमा बस्ने एक व्यक्तिमा यो रोग भेटिएको परीक्षणपछि…

हत्या गरी गाडेको अवस्थामा ४८ दिनपछि महिलाको शव फेला, श्रीमानसहित तीनजना पक्राउ

मलंगवा । सर्लाहीको पर्सा गाउँपालिका–१ शीतलपुरमा एक महिलाको हत्या गरी गाडिएको अवस्थामा ४८ दिनपछि शुक्रबार शव फेला परेको छ । शीतलपुर निवासी बालदत्त भन्ने रमजेशकुमार रायले आफ्नै २० वर्षीय श्रीमती निशा यादवको हत्या गरी धान खेतमा गाडेको अवस्थमा…

अब माओवादीलाई देशको बागडोर सम्हाल्न कसैले रोक्न सक्दैनः प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूहरूको जोडबलमा नै नागरिकताविहीन नेपाली नागरिकले नागरिकता पाउन लागेको बताएका छन् । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शुक्रबार आयोजित पार्टी प्रवेश…

कतार विश्वकपका लागि नेपाली श्रमिक लैजान सरकारको अनुमति

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सन् २०२२ को नोभेम्बरदेखि कतारमा सुरु हुने विश्वकप फुटबल प्रतियोगिताका लागि नेपाली श्रमिक लैजान अनुमति दिएको छ । प्रतियोगिता अवधिभर कतारका विभिन्न कम्पनीले छोटो अवधिका लागि नेपाली…