No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

Main News

यसरी पूरा भयो भरतपुर विमानस्थल विस्तार गर्ने मेयर दाहालको सपना

चितवन । बिहीबार दिउँसो आफ्नो कार्यकक्षमै रहेका बेला भरतपुर महानगरका प्रमुख रेनु दाहाललाई काठमाडौँबाट फोन गयो । फोनको सन्देशमा नेपाल सरकारले चितवनको भरतपुर विमानस्थल विस्तारको निर्णय गरेको कुरा रहेछ । प्रमुख दाहाल आफ्नो कुर्सीबाटै जुरुक्क…

रुसमा हुने मानव तस्करी रोक्न एनआरएनएद्वारा श्रममन्त्री भण्डारीको ध्यानार्कषण

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपालीहरु गैरकानुनी माध्यमबाट रसिया गई रुसी सेनामा भर्ना हुने क्रम बढेको र त्यसक्रममा बेपत्ता र मृत्यु हुने क्रमपनि बढेको भन्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीको…

अत्यधिक दोहनले सङ्कटमा सिमसार

काठमाडौं । हरेक वर्ष फेब्रुअरी २ तारिखमा मनाइने ‘विश्व सिमसार दिवस’ यस वर्ष ‘सिमसारः मानव हितको आधार’ नाराका साथ मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । यस वर्षको दिवसको नाराले सिमसार क्षेत्र र मानव जीवनबीचको अन्तरसम्बन्धलाई पहिचान गरेको…

घोडेपानी क्षेत्रमा हिमपात(फोटोफिचर)

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित पर्यटकीय बस्ती घोडेपानीमा परेको हिउँ । म्याग्दीको उच्च पहाडी क्षेत्रमा हिमपात भएपछि जनजीवन प्रभावित भएको छ । तस्बिरः सन्तोष गौतम/रासस

प्रणाली परिवर्तन भयो तर प्रवृत्ति बदल्न सकेनौं

काठमाडौँ । सङ्घीय सांसदको जिम्मेवारीमा आएको एक वर्ष भयो । संसद्को मूल जिम्मेवारी कानुन निर्माण नै हो । कानुन निर्माणको दृष्टिकोणबाट पहिलो एक वर्ष सोचेजस्तो भएन । एक वर्षमा एउटा मात्रै कानुन पारित भयो । कानुन निर्माणका हिसाबले…

नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्दै

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ । कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले बैठक आज दिउँसो २ बजे सङ्घीय संसद् भवनमा बोलाइएको जानकारी दिए । बैठकमा आगामी सोमबारदेखि हुने हिउँदे अधिवेशनमा कसरी प्रस्तुत…

६ महिनामा भएका सवारी दुर्घटनामा  एक हजार भन्दाबढीको मृत्यु

काठमाडौँ । चालु आर्थिक वर्षको ६ महिनामा देशभर भएका सवारी दुर्घटनामा एक हजार एक सय ३७ जनाले ज्यान गुमाएका छन् । चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म देशभरका विभिन्न स्थानमा भएका सडक दुर्घटनामा एक हजार एक सय ३७ ले ज्यान…

धरपकड शैलीमा उद्योगीलाई त्रसित बनाउने गरी चौधरीलाई पक्राउ गरिएको भन्दै निजी क्षेत्रको आपत्ति

काठमाडौं । उद्योगी अरुणकुमार चौधरीको पक्राउप्रति निजीक्षेत्रले आपत्ति जनाएको छ । नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघले चौधरीलाई पक्राउ गरिएकोप्रति आपत्ति जनाएका हुन् । नेपाल उद्योग वाणिज्य महासंघले चौधरीलाई नेपाल प्रहरीको…

भिजिट भिसा प्रकरणः नौ अध्यागमन अधिकृतसहित २२ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भिजिट भिसाका नाममा हुने मानव तस्करीमा संलग्न भएको आरोपमा २२ जनाविरुद्ध मुद्दा दर्ता भएको छ । बिहीबार जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले ९ अध्यागमन अधिकृतसहित २२ जनाविरुद्ध लिखत कीर्ते र…

अब रायका लागि पेस गरिएका फाइल १५ दिनभित्र रायसहित फिर्ता पठाउनुपर्ने

काठमाडौँ ।  विभिन्न विषयगत मन्त्रालयमा रायका लागि पेस भएका फाइलहरू १५ दिनभित्र अनिवार्यरूपमा सम्बन्धित निकायमा रायसहित फिर्ता पठाउनुपर्ने भएको छ । अन्तर मन्त्रालयगत समन्वयलाई प्रभावकारी बनाएर निर्णय प्रक्रियामा हुने ढिलाइलाई…