No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

Flash News

एमसीसीविरुद्धको रिट दर्ता गर्न सर्वोच्चद्वारा अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) खारेजीको माग गरेर सर्वोच्च अदालतमा लगिएको रिट निवेदन दर्ता गर्न अस्वीकार(दरपीठ) गरेको छ । अधिवक्ताद्वय सुरेन्द्र भण्डारी र स्वागत नेपालले एमसीसी खारेजीको माग गर्दै रिट…

ब्राजिलमा बाढी पहिरोबाट १७६ जनाको मृत्यु

ब्राजिलको रियो डि जेनेरियो राज्यको पर्यटकीय सहर पेट्रोपोलिसमा गत साताबाट परेको भारी वर्षाका कारण बाढी पहिरोका परी मृत्यु हुनेको संख्या १७६ पुगेको अधिकारीहरुले जनाएका छन् । रियो डि जेनेरियो राज्यबाट ६८ किलोमिटर उत्तरमा अवस्थित पेट्रोपोलिस…

धरानको जंगलमा भेटिएको शवको पहिचान, पारिवारिक कारणले हत्या भएको आशङ्का

धरान । कोशी राजमार्गअन्तर्गत धरान–धनकुटा सडक खण्डमा पर्ने धरान– ४ स्थित आपगाछी क्षेत्रको जङ्गलमा भेटिएको शवको ६ दिनपछि पहिचान खुलेको छ । दुई वटा झोलाभित्र टाउको, हात, खुट्टा शरीर छुट्टाछट्टै फेला परेको शव झापाको दमक–नगरपालिका–५ का दीपक…

एक किलो सुनसहित विमानस्थलबाट दुई विदेशी पक्राउ

काठमाडौं । नेपाल हुँदै सुन तस्करी गर्न खोज्दा दुई विदेशी नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् । दुबईबाट नेपाल हुँदै झण्डै एक किलो सुन तस्करी गर्न लाग्दा भारतीय नागरिक पारसनाथ साह र बङ्गलादेशी नागरिक मोहम्मद उल्लाह…

युक्रेनबाट अलग भएका क्षेत्रहरूको रुसी मान्यतालाई राष्ट्रसंघद्वारा अस्वीकार

संयुक्त राष्ट्रसंघले डोनेट्स्क र लुहान्स्क जन गणतन्त्र (डीपीआर र एलपीआर) को स्वतन्त्रतालाई मान्यता दिने रुसको निर्णय युक्रेनको क्षेत्रीय अखण्डता र सार्वभौमसत्ताको उल्लङ्घन भएको बताएको छ । संयुक्त राष्ट्रसंघका महासचिवका प्रवक्ता स्टेफेन…

रघुगङ्गामा दुई वटा चिस्यान केन्द्र निर्माण गरिने

गलेश्वर । म्याग्दीको रघुगङ्गा गाउँपालिकामा दुईवटा चिस्यान केन्द्र (कोल्डस्टोर) बनाइने भएको छ । गाउँपालिकाले सङ्घीय सरकारसँग सहकार्य गरी वडा नं २ भगवतीको बाहुनचौर र वडा नं ६ पाखापानीमा खाद्यान्न, तरकारी र फलफूललाई लामो समयसम्म भण्डारण गर्ने…

बागमतीका १० जिल्लामध्ये चितवनमा दुर्घटना बढी

बागमती । बागमती प्रदेशअन्तर्गत उपत्यका बाहिरका १० जिल्लामा सबैभन्दा बढी दुर्घटना हुने जिल्लाका रूपमा चितवन रहेको छ । प्रदेश ट्राफिक कार्यालय रामनगरका अनुसार मकवानपुर, चितवन, धादिङ, नुवाकोट, रसुवा, काभ्रे, सिन्धुपाल्चोक, रामेछाप, दोलखा र…

नयाँबानेश्वरबाट चिनियाँ नागरिकसहित ३७ जना पक्राउ

काठमाडौँ । कल बाइपास तथा अनलाइन जुवाको खेलाएको अभियोगमा प्रहरीले चिनियाँ नागरिकसहित ३७ जनालाई पक्राउ गरेको छ । । काठमाडौं प्रहरी परिसरको टोलीले उनीहरुलाई सोमबार राति नयाँबानेश्वरबाट पक्राउ गरेको हो । अहिले उनीहरूलाई नयाँ बानेश्वर प्रहरी…

कच्ची हुँदा नियमित उडान भएको लामीडाँडा विमानस्थल कालोपत्र गरेपछि बन्द

खोटाङ । खोटाङ जिल्लाको सबैभन्दा पुरानो लामीडाँडा विमानस्थल कालोपत्र गरिएपछि विसं २०७६ असार ३ गते परीक्षण उडान भरेकै दिन उद्घाटन गरिएको थियो । नेपाल नागरिक उड्डयन प्राधिकरणको रु छ करोड ७६ लाख ९३ हजार लगानीमा कालोपत्र गरिएको लामीडाँडा…

रुसद्वारा पृथक्तावादीको नियन्त्रणमा रहेका दुई युक्रेनी क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको पूर्वी भागमा रहेका दुईवटा पृथक्तावादी नियन्त्रित क्षेत्रलाई स्वतन्त्र राज्यको रूपमा मान्यता दिने बताएका छन् । स्वघोषित जनगणतन्त्र डोनेट्स्क र लुह्यान्सक रुसले समर्थन गरेका विद्रोहीका पकड क्षेत्र…