No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

Flash News

बक्सिङमा भूपेन्द्र, निश्चल र खगेन्द्र सेमिफाइनलमा

काठमाडौँ । नेपाल प्रहरीका भूपेन्द्र थापा, गण्डकी प्रदेशका निश्चल गुरुङ र नेपाल आर्मीका खगेन्द्र रोका मगर छैटौँ वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगितामा आज सेमिफाइनलमा प्रवेश गरेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को…

विश्वभरका घरपरिवारले एक दिनमा एक अर्ब डलरको खाना खेर फाल्ने गरेका खुलासा

विश्वभरका परिवारले सन् २०२२ मा प्रत्येक दिन एक अर्ब डलरको खाना खेर फालेका छन् । यसलाई संयुक्त राष्ट्रसङ्घले बुधबार खानाको नोक्सानीलाई ‘विश्वव्यापी त्रासदी’ भनेको छ । करिब ८० करोड मानिस भोकै बसेको यस्तो समयमा घर र व्यवसायहरूले…

विकास साझेदारीको पहलकदमीका रूपमा बिआरआइलाई लिएका छौंः उपप्रधानमन्त्री श्रेष्ठ

छोनछिन । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल राजनीतिक परिवर्तन पछाडि आर्थिक समृद्धिको यात्रामा क्रियाशील रहेको जनाउँदै समृद्धिको यात्रामा चिनियाँ सहयोग महत्वपूर्ण हुने बताएका छन् । जनवादी गणतन्त्र चीनको…

माधव बास्तोलालाई पराजित गर्दै एमाले कास्कीको अध्यक्षमा क्षेत्री निर्वाचित

गण्डकी । नेकपा (एमाले) जिल्ला कमिटी कास्कीको ११औँ अधिवेशनबाट अध्यक्ष पदमा बैनबहादुर अधिकारी क्षेत्री निर्वाचित भएका छन् । अध्यक्ष पदका अर्का उम्मेदवार माधव बास्तोलालाई दुई सय चार मतले पराजित गर्दै क्षेत्री अध्यक्षमा निर्वाचित भएका हुन् ।…

रुस जान व्यक्तिगत श्रम स्वीकृत खुला गरिएको छैनः श्रममन्त्री अर्याल

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले हाल कुनै पनि व्यक्ति रुस जान श्रम स्वीकृतिको व्यवस्था नरहेको स्पष्ट पारेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बुधबार आयोजना गरेको काठमाडौँको आँखामा कर्णाली…

डब्लुएचओले बालबालिकामा हुने क्यान्सर रोगको उपचारका लागि निःशुल्क औषधि उपलब्ध गराउने

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) तथा सेन्ट ज्यूड चिल्ड्रेन रिसर्च इन्सिच्युटबीच बालबालिकामा हुने क्यान्सर रोगको उपचारका लागि निःशुल्क औषधि उपलब्ध गराउने सहमति भएको छ । बुधबार मन्त्रालयमा…

उत्पादन र रोजगार केन्द्रित बजेटको तयारी गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले परम्परागत ढाँचाको नभएर उत्पादन र रोजगारीलाई लक्षित गरी बजेट निर्माणको तयारी गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बुधबार आयोजित…

नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने, सत्ता गठबन्धनमै जाने…

धनगढी । नागरिक उन्मुक्ति पार्टी(नाउपा)ले सत्ता गठबन्धनलाई समर्थन गर्ने निर्णय गरेको छ । बुधबार अध्यक्ष रञ्जिता श्रेष्ठको अध्यक्षतामा कैलालीको टीकापुरमा बसेको बैठकले संघ र प्रदेश सरकारमा नयाँ गठबन्धनलाई समर्थन गर्ने निर्णय गरेको हो ।…

लण्डन लैजान लागेको १५ किलो चरेस त्रिभुवन विमानस्थलबाट बरामद

काठमाडौँ । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध लागूऔषध १५ किलो ग्राम चरेस बरामद गरेको छ । विदेश लैजाँदै गरेको १५ किलो चरेस मङ्गलबार बरामद गरेर बुधबार सार्वजनिक गरिएको हो । विमानस्थल भन्सार कार्यालयको एक्स–रे…

सहकारी ठगी प्रकरणमा आफ्नो कतै संलग्नता नरहेको गृहमन्त्रीको दाबी

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सहकारी ठगीमा आफ्नो कुनै संलग्नता नभएको बताएका छन् । बुधबार राज्य व्यवस्था समितिको बैठकमा सांसदहरूले उठाएका जिज्ञासाको जवाफ दिँदै गृहमन्त्री लामिछानेले सहकारी प्रकरणमा आफ्नो कतै संलग्नता…