No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

Main News

हनुमानढोका परिसरभित्र सवारी साधन निषेध

काठमाडौं । काठमाडौं महानगरपालिकाले हनुमानढोका परिसरभित्र सवारी साधन निषेध गरेको छ । दिनक हजारौं पर्यटक आउने भएकाले उक्त क्षेत्रमा सवारी साधनलाई निषेध गरिएको काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले बताएका छन् । उनले भनेका छन्, ‘काठमाडौ…

मलेशियामा अनिवार्य मृत्युदण्डको नीति हट्यो

मलेशियामा गम्भीर अपराधका घटनामा दिइने अनिवार्य मृत्युदण्डको सजाय हटाउने निर्णय मङ्गलबारदेखि कार्यान्वयनमा आएको छ । हत्या र आतङ्कवाद जस्ता गम्भीर अपराध दोषी ठहर हुनेहरूलाई अब ४० वर्षसम्मको कारावास हुने मलेशियाका सञ्चार माध्यमहरूले जनाएका छन्…

आठ जिल्लामा ‘अति भारी’ वर्षा

काठमाडौं । स्याङजा, तनहुँ, पाल्पा, गुल्मी, अर्घाखाँची, रूपन्देही, कपिलबस्तु, दाङ र आसपासका जिल्लामा अति भारी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले ती स्थानका खहरे खोलामा आकस्मिक बाढी आउनुका साथै पहाडका कमजोर…

पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । सोमवार बसेको निगमको बैठकले सोमबार मध्यरातिदेखि लागु हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटाएको हो । निगमले काठमाडौं‚ पोखरा र दीपायलमा पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर…

देशभरका गोदाममा खाद्यान्न मौज्दात, वर्षायाममा कहीँ कतै खाद्यान्न अभाव नहुने

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले यस वर्षको वर्षायाममा कहीँ कतै खाद्यान्न अभाव नहुने जनाएको छ । देशभरको गोदाममा खाद्यान्न मौज्दात रहेको, थप खाद्यान्न खरिद र ढुवानी प्रक्रिया जारी रहेको मन्त्रालयले जनाएको छ । खाद्य…

कोशी प्रदेशमा कांग्रेसका उद्धव थापालाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने सत्ता गठबन्धनको निर्णय

काठमाडौँ  । सत्तारुढ गठबन्धनले कोशी प्रदेशमा नेपाली कांग्रेसका संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले थापालाई उम्मेदवार बनाएर…

समानुपातिकतर्फ दुई पटकभन्दा बढी उम्मेदवार बन्न नपाउने व्यवस्था गर्न निर्वाचन आयोगको प्रस्ताव

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेश सभाको प्रत्यक्ष उम्मेदवारमै ३३ प्रतिशत महिला उम्मेदवार अनिवार्य गर्ने प्रस्ताव अघि सारेको छ । 'निर्वाचन सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’मा यस्तो व्यवस्था गरिएको हो ।…

भ्रष्टाचार नियन्त्रणका लागि अझै कडा तरिकाले प्रस्तुत हुन्छौँ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार भ्रष्टाचार नियन्त्रणका लागि अझै कडा तरिकाले प्रस्तुत हुने बताएका छन् । उनले त्यसलाई सुशासनको पक्षमा नयाँ ढङ्गको क्रान्तिको संज्ञा दिए । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार…

ललिता निवास जग्गा प्रकरणः थप दुईजना पक्राउ

काठमाडौँ । ललिता निवास जग्गा प्रकरणमा थप दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सिआईबी)को टोलीले सोमबार समरजंग कम्पनीका तत्कालीन अधिकृत रमेश कुमार पोखरेल र नक्कली मोही देवनारायण महर्जनलाई पक्राउ गरेको…

असार २१ गतेभित्र एसइईको नतिजा सार्वजनिक गर्ने तयारी

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले शैक्षिक सत्र २०७९ मा सञ्चालित माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी सुरु गरेको छ । नतिजा प्रकाशनका लागि उत्तरपुस्तिकका परीक्षण, सम्परीक्षण, रुजु गर्ने काम सकेर हाल नतिजा…