No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

समाचार

सङ्गठन सुदृढीकरणमा लाग्न नेता कार्यकर्तालाई सिंहको आग्रह

ललितपुर । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले राजनीतिमा विश्वसनीयता महत्वपूर्ण हुने बताएका छन् । नेपाली कांग्रेस ललितपुर क्षेत्र नं ३ को प्रदेश (ख) क्षेत्रीय कार्यसमितिद्वारा शनिबार आयोजित ‘सङ्गठन शुद्धीकरणका लागि परिकल्पना’…

रुकुम पश्चिममा भूकम्पपीडितका लागि दश हजार अस्थायी आवास निर्माण

त्रिवेणी (रुकुम पश्चिम) ।  गत कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर गएको भूकम्पले क्षति पुर्याएको रुकुम पश्चिममा अस्थायी आवास निर्माणको काम जारी छ । भूकम्प गएको दुई महिनाभन्दा बढी सयम बितिसक्दा पनि सबै भूकम्पपीडित…

कञ्चनपुरमा जलपन्छी गणना सुरु

कञ्चनपुर । कञ्चनपुरमा आजदेखि जलपन्छी गणना सुरु भएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको अगुवाइमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष, नेपाल पन्छी संरक्षण सङ्घ, हिमालयन नेचरगाइड, शुक्लाफाँटा नेचर गाइड…

राष्ट्रियसभा निर्वाचनमा सत्ता गठबन्धनले एमालेसँग सहकार्य नगर्ने

काठमाडौं । राष्ट्रियसभाको निर्वाचनमा सत्ता गठबन्धनले नेकपा एमालेसँग सहकार्य नगर्ने भएको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले राष्ट्रियसभा निर्वाचनमा गठबन्धनभित्रकै दलबीच भागवण्डा गरेर जाने समझदारी गरेको हो…

घरमै सुत्केरी भए कालो टीका !

बागलुङ । केही वर्षअघिसम्म सुत्केरी हुने बेला गोठ खोज्ने बज्रबाङ र स्याउलाका महिला अहिले गर्भ रहेको थाहा पाएदेखि स्वास्थ्यचौकी धाउँछन् । आठ पटक गर्भ जाँच गर्ने तथा स्वास्थ्यचौकीमै सुत्केरी हुने कुरा यहाँका सबै महिलालाई थाहा छ । गाउँमा…

निगम सुधार्न लागिपरेका मन्त्री किराती भन्छन्-भने जति काम गर्न नसकेकोमा लज्जित छु

सिबी अधिकारी, काठमाडौं ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पदबहालीका क्रममा भनेका थिए, ‘राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)लाई गौरब गर्न लायक ध्वजाबाहक बनाउँछु ।’ विसं २०७९ माघ ३ गते मुलुकको ४०…

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलिसम्मका लागि स्थगित

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै नबसी स्थगित भएको छ । आज दिउँसो एक बजेका लागि बोलाइएको बैठक आइतबार बस्ने भएको हो । मुलुकको समसामयिक राजनीतिक घटनाक्रम र राष्ट्रियसभाको निर्वाचनका सन्दर्भमा छलफल गर्न बैठक…

विद्यमान व्यवस्थाको सही व्यवस्थापनमा राजनीतिक दल चुक्दा प्रश्न उठे

काठमाडौँ ।  विसं २०७९ को आमनिर्वाचनबाट नयाँ उमङ्ग, उत्साह बोकेर हामी जसरी प्रतिनिधिसभामा प्रवेश गरेका थियौँ, त्यसअनुरुप काम गर्न नसकिएको अवस्था छ । जुन उद्देश्यले नेपाली जनताले हामीलाई चुनेर पठाएका थिए, त्यसअनुसार काम गर्न नसक्दा…

ध्यानलाई धर्मसँग होइन, विज्ञानसँग जोडेर हेर्नुपर्छः गृहमन्त्री श्रेष्ठ

काठमाडौं । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगन्जमा ’ध्यानद्वारा उर्जा जागरणको एक दिवसीय कार्यशाला’ सुरु भएको छ । प्रहरी संगठनसहित गृह मन्त्रालय मातहतका निकायमा योगाभ्यास, प्राणायाम र उर्जाध्यानको संस्कृति स्थापित गर्ने अभियान…

एकीकृत समाजावादीले आज राष्ट्रियसभाको उम्मेदवार चयन गर्ने

काठमाडौं । राष्ट्रियसभा निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार छनौट गर्न नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक आज बस्दै छ । बैठक पार्टी केन्द्रीय कार्यालयमा बस्ने छ । विभिन्न जिल्ला तथा जनवर्गीय सङ्गठनबाट सिफारिस गरिएका उम्मेदवारमध्ये…